नवलपरासीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु
कास्की । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (पूर्व) र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नं.को बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक पोखरा–२१ राम्दी बस्ने विजय नेपाली घाइते भएका छन् । नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण