च्याम्पियन्स लिगमा रियल पराजित, जिदानले भने, ‘म राजीनामा दिन्नँ’
च्याम्पियन्स लिगमा शाख्तार डोनेस्कसँग रियल म्याड्रिड पराजित भएपछि म्यानेजर जिनेदिन जिदानले आफूले राजीनामा नदिने बताएका छन् । पराजयपछि कीर्तिमानी १३ पटकको युरोपियन च्याम्पियन हाल समूह बीको तेस्रो स्थानमा रहेको छ । अर्को हप्ता समूह चरणको अन्तिम खेल रहेको छ । अहिले समूहका सबै टोलीको अन्तिम १६ मा छनौट हुनका लागि सम्भावना बाँकी रहेको छ । अन्तिम १६ मा स्थान पक्का गर्न रियलले शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडब्याचलाई हराउनुपर्नेछ ।
२–० को हार ब्यहोरेपछि जिदानले भने, ‘म राजीनामा दिन्नँ, कुनै हालतमा पनि ।’ गत शनिबार मात्र रियल आलाभेससँग स्तब्ध बनेको थियो । उनले थपे, ‘हामीसँग जहिले पनि कठिन समय हुनसक्छ । अहिले हामी खराब दौरबाट गुज्रिरहेका छौँ । तर, हामी यसबाट अघि बढ्नुपर्छ ।’

‘मसँग यो अवस्थालाई बदल्ने शक्ति छ र म यसका लागि सम्पूर्ण प्रयास गर्नेछु । मेरो खेलाडीले पनि त्यही गर्नेछन्,’ उनले भने, ‘हामीले राम्रो खेल्यौँ र योभन्दा राम्रो नतिजाको हकदार थियौँ । अब हामीले अर्को खेलका लागि तयारी गर्नुपर्छ ।
यो सिजन रियल शाख्तारसँग लगातार दोस्रो पटक पराजित बनेको हो । यसअघि, युक्रेनियन टोलीले रियललाई ३–२ गोलले हराएको थियो ।

उता, रोमेलु लुकाकुको दुईको गोलको मद्दतले इन्टर मिलानले मोचेनग्लाडब्याचलाई ३–२ गोलले हराउँदै अन्तिम १६ मा छनौट हुने सम्भावना कायम राखेको छ ।
शीर्ष स्थानमा रहेको मोचेनग्लाडब्याचको ८ अंक रहेको छ भने शाख्तार र रियलको सामान ७ अंक रहेको छ । इन्टरको ५ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण