अन्तर बैङ्क एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरिँदै
बैङ्कहरुले अन्तरबैङ्क एटीएम कारोबारमा शुल्क लिन पाउने माग राखेपछि पुन: शुल्क लिन पाउने व्यवस्थाको तयारीमा राष्ट्र बैङ्क छ । नेपाल राष्ट्र बैङ्क स्रोतका अनुसार प्रथम त्रैमासिक मौद्रिक नीति समक्षाबाट शुल्क लिन पाउने व्यवस्था गर्ने हल्ला चलेपनि त्यस्तो प्रस्ताव हालसम्म गरिएको छैन । यद्यपि, बैङ्कहरुले शुल्क लिन पाउने माग गरेपछि राष्ट्र बैङ्कले त्यसलाई ध्यान दिएको ती अधिकारी बताउँछन् ।
अहिले शुल्क लिन नपाइने भएपछि एटीएम सेवाको गुणस्तर खस्किएको, कतिपय बैङ्कहरुले एटीएममा रकम समेत हाल्न हेलचेक्र्याइँ गरिरहेको र केहीले बिग्रेको एटीएम लामो समयसम्म पनि मर्मत नगरेको गुनासो राष्ट्र बैङ्कमा पछिल्ला दिनमा धेरै आउने गरेको छ ।
चैतमा कोरोना महामारीका कारण एटीएम शुल्क लिन नपाउने व्यवस्था गरिएको थियो । पछि मौद्रिक नीति मार्फतनै एटीएम शुल्क लिन नपाउँने भनियो । भदौमा शुल्क लिन नपाउने निर्देशन राष्ट्र बैङ्कबाट जारी भयो । यसअघि एउटा बैङ्कको एटीएम अर्को बैङ्कको एटीएममा घुसाएर रकम निकाल्दा शुल्क लाग्ने गरेको थियो ।
तर, यता बैङ्करहरु केन्द्रिय बैङ्कको सो निर्देशनले एटीएम सेवाको गुणस्तर खस्किएको बताउँछन् । नेपाल राष्ट्र बैङ्क अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण