गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लाग्यो
लामो विवादपछि गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो लागेको छ ।
बुधबार साझ इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुको दुई तिहाई बहुमतले सो गाउँपालिका वडा नम्बर–५ को रातापोखरादेखि वडा नम्बर ३ को फेदिफाट हुँदा माटाखानी सम्म केन्द्रको टुङ्गो लगाएका हुन् ।
गाउँपालिका अध्यक्ष बाहेक कुल २९ मत रहेकोमा २१ मत त्यहाँ केन्द्र राख्ने पक्षमा परेको र ८ मत विपक्षमा परेको थियो ।
सुरुमा जिल्ला स्तरीय सम्यन्त्रले तोकेको चापटारी केन्द्र गाउँबासीबीच विवाद बढेपछि अस्थायी केन्द्र तोक्न समस्या भएको थियो ।
बुधबार बसेको गाउँसभाले चापटारी भन्दा डेढ किलो मिटरमाथि र हालको अस्थायी केन्द्र दोबाटादेखि एक किलो मिटर तल रातापोखरामा जनप्रतिनिधिहरुको बहुमतले केन्द्र तोकेको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए ।
केन्द्र तोकिएको खुशियालीमा आज इस्मामा सार्वजनिक बिदा दिइएको छ र बिजय उत्सव मनाइने अध्यक्ष बिष्टले बताए ।
श्रोतका अनुसार त्यस गाउँपालिकामा नेपाली काँग्रेसको वडा नम्बर १ मा जम्मा ५ मत छन् । त्यस वडाका ५ मत र वडा नम्बर २ का नेकपा बाट विजयी जनप्रतिनिधिका ३ मतसहित ८ मत विपक्षमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण