छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीको क्रिमसन अस्पताल मणिग्राममा आज मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह–१० चरङ्गे चोकमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
टिपर र कार ठोक्किँदा दुईको मृत्यु
बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
दुर्घटनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण