बेला प्रकाशनका दुई सार्थक कृतिहरु
कोरोना महाव्याधिका प्रचण्ड कहरबीचसंसारका सम्पूर्ण गतिविधिहरु नराम्ररी प्रभावित भइरहेका छन् । भइरहेका संस्था–प्रतिष्ठानहरुका आर्थिक गतिविधिहरु डाँवाडोल भएका छन्, करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । यस्तो विषम परिस्थितिमा पनि स्वरोजगारीका गोरेटो खन्दै केही उत्साही युवाहरु जोशिएर ‘प्रगतिशील’ सामग्रीहरुको प्रकाशन कार्यमा हात हालेका छन् । र, त्यसैक्रममा आफ्नो नाम ‘बेला’लाई सार्थक तुल्याउँदै दुई पठनीय कृतिहरु ‘जात वार्ता’ र ‘कोरोना कैरन’ लिएर बजारमा देखापरेको छ ।

जातवार्ताका लेखक आहुति हुन् भने कोरोना कैरनका खगेन्द्र संग्रौला । दुवै नामहरु नेपालका प्रगतिवादी लेखनका स्थापित र सिद्धहस्त नाम हुन् । र, दुवै पुस्तकमा उठाइएका विषयवस्तुहरु, नेपालका जातीय समस्याका गम्भीर पहलुहरु तथा कोरोना कैरनका कारण भुइँतहका मानिसहरुले भोगिरहनु परेका समस्याहरुमा आधारित छन् ।
पुस्तक प्रकाशन आफैंमा एउटा गम्भीर र चुनौतीपूर्ण कार्य हो । विशेषतः यतिखेर प्रगतिशील सामग्रीहरुको सन्दर्भमा पठन संस्कृति खस्किएको आवाज बढिरहेको छ । बजारलाई चर्को स्वरमा हल्लाखल्ला गरी झ्याली पिटेर प्रबर्द्धन गरिने ‘‘बजारु’ पुस्तकहरुले कब्जा गरिरहेको गुनासाहरु उठिरहेका बेलामा सार्थक र प्रगतिशील आवाज बोक्ने पुस्तकहरुको प्रकाशन गर्नु आफैंमा दुरुह र जोखिमपूर्ण कार्य हो । यस अर्थमा बेला प्रकाशनले माथि उल्लिखित दुई पुस्तकहरु प्रकाशन गरेर साहसिलो काम गरेकै हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण