मह शुद्ध कि अशुद्ध ? ६ घरेलू तरिकाले पहिचान गर्नुहोस्
मह खानुका विभिन्न फाइदा छन् । यसै कारण मानिसहरुले यसलाई आफ्नो खानामा कसैगरी समावेश गर्ने कोसिस गर्छन् । तर सबै महले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने छैन । आजकाल बजारमा अर्गानिक र शुद्ध महको नाममा नक्कली र मिसावट भएको मह छ्यापछ्याप्ती पाइन्छ । यदि तपाईं मह खानुहुन्छ भने यहाँ बताइए अनुसार गरेर मह शुद्ध हो कि अशुद्ध भनेर पत्ता लगाउन सक्नुहुन्छ ।
१. तातो पानीले बताइदिन्छ सक्कली हो कि नक्कलीः
महको पहिचान गर्ने सबैभन्दा राम्रो र सहज तरिका तातो पानी हो । यसका लागि काँचको गिलास वा कचौरामा तातो पानी लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । यदि यो पानीमा बिलिन हुन्छ भने बुझ्नुहोस् कि महमा मिसावट छ । र यदि यो मोटो तार जस्तो बनेर भाँडाको मुनी बसिरहन्छ भने यो सक्कली हो भनेर बुझ्नुहोस् । कतिले महमा चिनी वा सख्खर मिसाउने गर्छन् जसका कारण यो पानीमा सहजै घुल्ने गर्छ ।
२. आगोमा बल्छ महः
यदि पानीले महको शुद्धता परीक्षण गर्न सकिरहनु भएको छैन भने आगोमार्फत् महको शुद्धताको जाँच गर्न सक्नुहुन्छ । यसका लागि एउटा मैनबत्ती बाल्नुहोस् र एउटा काठको सिन्कामा कपास बेर्नुहोस् र त्यसमा मह राखेर आगो बाल्नुहोस् । त्यसपछि यसमा आगो बाल्नुहोस् । यदि कपास बल्न थाल्यो भने मह सक्कली हो यदि बल्न समय लिइरहेको छ भने महमा पानी मिसाएको हुनसक्छ ।
३. टिश्यू पेपरबाट पहिचान गर्नुहोस् महः
महको शुद्धताको परीक्षण टिश्यू पेपरबाट पनि गर्न सकिन्छ । यसका
लागि टिश्यू पेपरमाथि एक थोपा मह हाल्नुहोस् । यदि महमा पानी मिसिएको छ भने टिश्यू पेपरले यो सोस्छ जबकी शुद्ध मह पेपरमा नै जम्मा भएर बसिरहन्छ ।
४. पाउरोटी हुन्छ कडाः
दैनिक खाइने पाउरोटीले पनि महको शुद्ध–अशुद्धको खेल पक्रन सक्छ । शुद्ध मह पाउरोटीमा राख्दा त्यो कडा हुन्छ जबकी मिसावट मह पाउरोटीमा लगाउँदा नरम र गिलो हुन्छ ।
४. औंलाले गर्नुहोस् परीक्षणः
महको एक थोपालाई बुढी र चोरी औलाको बीचमा राख्नुहोस् । यसलाई तार बनाउने कोसिस गर्नुहोस् । यदि मह शुद्ध छ भने मोटो तार बन्नेछ । जबकी मिलावट गरिएको मह फैलिने गर्छ ।
६. पानी–भिनेगरले गर्नुहोस् परीक्षणः
काँचको गिलास वा कचौरामा एक ठूलो चम्चा मह, २–३ थोपा भेनेगर र थोरै पानी मिसाउनुहोस् । यसलाई दुई तीन मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् । यदि यसमा फिँज आए महमा मिसावट छ भनेर बुझ्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण