ब्रोकर कमिशन घटाउनुपर्ने माग गर्दै लगानीकर्ताले बोर्डलाई बुझाए ज्ञापनपत्र
काठमाडौं । ब्रोकर कमिसन घटाउने पर्ने माग गर्दै लगानीकर्ताहरुको विभिन्न संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताका पाँचवटै संघ संगठनले बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले बोर्डका मुक्ति श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्डका अध्यक्ष ढुंगाना अहिलु मुलक बाहिर छन् ।
पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबारसमेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ । यसकारण ब्रोकर कमिशस घटाउन लगानीकर्ताहरुले माग गरिरहेका छन् ।
कतिपय लगानीकर्ताले बिना लगानी ब्रोकर कम्पनीले ठुलो रकम कमाएको भन्दै उनीहरुले लिन कमिशन शुल्क घटाउनुपर्ने भन्दै आएका छन् । अहिले न्यूनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशसम्म रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशत सम्म झार्न लगानीकर्ताले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण