शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना

शनिबार, २० मङ्सिर २०७७, ०७ : १२
शनिबार, २० मङ्सिर २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो । 

महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जानकारी दिएको छ । 

यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ ।  

भने, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । 

यस्तै, शनिबार राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । 

भने, प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप