बुद्धिमान लाटोकोसेरो
एउटा जङ्गलकोे कट्टुसको रूखमा एउटा बूढो लाटोकोसेरो (उल्लु) बस्थ्यो । त्यो लाटोकोसेरोले हरेक दिन उसका वरिपरि हुने विभिन्न घटनाहरुको अवलोकन गर्दथ्यो ।
हिजो उसले एउटा बूढो मानिसलाई एउटा युवकले गह्रौँ भारी बोक्न सहयोग गरेको देख्यो । आज एउटी युवतीले उसकी आमालाई चिच्याउँदै गाली गरिरहेको देख्यो । त्यो लाटोकोसेरो जति देख्थ्यो त्योभन्दा धेरै कम बोल्थ्यो ।
यसरी नै उसका दिनहरु वित्दै गए । ऊ थोरै बोल्थ्यो तर धेरै सुन्थ्यो । त्यो बूढो लाटोकोसेरोले मानिसले बोलेको र उनीहरुले भनेका कथाहरु सुन्थ्यो ।
एउटा हात्तीले उफ्रेर बार नाघेको भनेर एउटी महिलाले कुरा गरिरहेको उसले सुन्यो । उसले एउटा मान्छेले आफूले कहिल्यै गल्ती नगर्ने कुरा भनिरहेको पनि सुन्यो ।
त्यो बूढो लाटोकोसेरोले मानिसहरुलाई भएका कुराहरु देखेको र सुनेको थियो । त्यहाँ कोही राम्रा थिए भने कोही खराब थिए । तर रुखमा बसेको त्यो लाटोकोसेरो दिनप्रतिदिन बुद्धिमान हुँदै गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण