महासंघमा एकताको सन्देश दिन चन्द्रागिरीमा ‘क्लोज क्याम्प’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुले आपसी एकताको सन्देश दिन एकरात ‘क्लोज क्याम्प’ मा बसेका छन् । ५४ औं साधारणसभा पश्चात महासंघको नेतृत्व संहालेका अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला/नगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत संघ तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ र एशोसिएट तर्फका उपाध्यक्ष रामचन्द्र संघई क्लोज क्याम्पका लागि चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका हुन् ।
महासंघको उक्त टोली शुक्रबार साँझ चन्द्रागिरी पुगेर वान नाइट स्टेपछि शनिबार अपरान्हतिर काठमाडौं फर्किएका हुन् । सो बसाइँपछि महासंघको नेतृत्वकर्ताहरु बीचको चुनाव अघिसम्मको सबै खाले असमझदारी र तिक्तता हटाइ आपसमा एकताको भावना जागृत गराउन आयोजना गरिएको महासंघले जनाएको छ ।
‘चुनाव अघिसम्म हामीहरु बीच एक खालको वातावरण थियो । आ–आफ्नै पक्ष र गुट उपगुटको कुरा थियो । तर अहिले त्यस्तो छैन । ५४ औं साधारणसभापछि जसरी हामी एक्कै ठाउँमा आएका छौं, अब त्यसरी नै व्यवसायिक हकहितको साझा मुद्दामा मिलेर हामीलाई अघि बढ्नुछ । सोही कुरालाई आत्मसात गर्दै एकताको सन्देश दिन पनि हामी क्लोज क्याम्पमा बसेका हौं । हामी बीच निकै सौहार्दपूर्ण वातावरण बनेको छ’ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
यसअघि महासंको ५४ औं साधारणसभा र नेतृत्व चयनको बिषयलाई लिएर हालका अध्यक्ष शेखर गोल्छा र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल दुई पक्षबीच तिक्तक्तापूर्ण वातावरण बनेको थियो । जुन निर्वाचपछिको महासंघको पहिलो बैठकमै कार्यकारीणी समितिलाई पूर्णता दिने विषयमा समेत दुईपक्ष बीच विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण