विप्लव समूहलाई चन्दा नदिँदा मोरङका शिक्षकको हत्या !
काठमाडौं । मोरङको मिक्लाजुङमा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको थाहा भएको छ । प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लवका कार्यकर्ताले गोली हानेर हत्या गरेका हुन् । सो समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन् ।
प्रअ श्रेष्ठ पूर्व माओवादी हुन् । अहिले उनी नेकपा समर्थक हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर सहितको टोली घट्नास्थलमा पुगेको छ । मोरङका प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्का पनि घटनास्थलमा जाँदैछन् ।
‘घट्नाको एकिन कारण बुझ्न बाँकी छ’ प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबाबु कार्कीले रातोपाटीसँग भने– ‘हाम्रो टोली भर्खर पुगेको छ ।’ मंगलबार बिहान ७ बजेतिर ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले राजेन्द्रलाई घरबाट अपहरण गरेर लगेका थिए । घरबाट करिब १ किलोमिटर पर जंगलमा गोली चलेको आवाज आएपछि स्थानीय पुग्दा ५४ वर्षीय श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण