लसुन र मह मिसाएर खाँदा शरीरमा पुग्छन् यी फाइदा
जाडोयाम सुरु भएसँगै रुघा–खोकी लाग्नु सामान्य हो त्यसैले त चिसो मौसममा शरीर तातो बनाउनका लागि मह सेवन गर्न धेरैले सुझाउँछन् । यस्तै आयुर्वेदलाई मान्ने हो भने मह र लसुनको मिश्रणले चिसो मौसममा तपाईंको शरीरमा गर्मी पैदा गर्नुकासाथै यसका विभिन्न फाइदा पनि छन् जसले तपाईंलाई यो मौसममा थुप्रै रोगबाट बचाउन सक्छ ।
आउनुहोस् मह र लसुन मिसाएर खाँदा शरीरलाई पुग्ने फाइदाबारे जानकारी लिऔंः
– मह र लसुनको मिश्रणको सेवन गर्दा प्रतिरोधी क्षमता वृद्धि हुन्छ र रुघा–खोकीबाट पनि छुटकारा पाइन्छ ।
– चिसो मौसममा धेरैजसो जोर्नी दुख्ने समस्या हुन्छ । यस्तोमा यदि तपाईं पनि यो मिश्रणको सेवन गर्न सुरु गर्नुहुन्छ भने यसले समस्याबाट राहत प्रदान गर्छ ।
– मह र लसुनमा पाइने फाइबर कब्जियतको समस्यालाई टाढा राख्न सहयोग गर्छ ।
– यदि तपाईं जाडोयाममा थाकेको महसुस गर्नुहुन्छ भने मह र लसुनको मिश्रणको सेवनले कमजोरी हट्न सक्छ र शरीरमा ऊर्जा संचारित हुन्छ ।
– छाला रुखो हुने समस्याका कारण उदास नहुनुहोस् किनभने लसुन र महमा पाइने एन्टिअक्सिडेन्डले छालाको तन्तुलाई पुनः सक्रिय गर्छ र यसले अनुहारको चमक ल्याउने काम गर्छ । साथै डण्डीफोर पनि आउँदैन ।
– मह र लसुनलाई मिसाएर खाँदा कोलेस्ट्रोल कम हुन्छ जसले मुटुरोग पनि टाढा राख्छ । यतिमात्रै होइन, मुटुलाई स्वस्थ राख्नका लागि खाली पेटमा लसुनको दाना खाने सल्लाह दिइन्छ ।
– तौल कम गर्न पनि मह र लसुनको मिश्रणले निकै सहयोग गर्छ । यो खाँदा फ्याट बर्निङ प्रोसेस तीब्र हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण