बयान फेरे कसुरदारको सजाय आधा
काठमाडौँ । जबर्जस्ती करणी मुद्दाका जाहेरवालाले अदालती प्रक्रियामा बयान बदले कठोर सजाय हुने भएको छ । ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन गर्न जारी अध्यादेशले झुठा उजुरी तथा बकपत्र गर्ने दुवैलाई सजायको व्यवस्था गरेको हो । अध्यादेश अनुसार यस्ता उजुरीकर्ता तथा बकपत्र गर्ने व्यक्तिलाई कसुरदारलाई हुने न्यूनतम सजायको आधा दण्ड हुनेछ ।
अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा संशोधन गर्दै सजायको व्यवस्था थप गरेको हो । अध्यादेशले दफा ४४ को खण्ड (क) पछि थप व्यवस्था गर्दै झुठा उजुरी तथा बकपत्र गर्नेलाई सजायको बाधा नपर्ने व्यवस्था गरेको हो ।
अध्यादेशमा कारबाहीका लागि बाधा नपर्ने सम्बन्धी व्यवस्था थप्दै भनिएको छ, ‘‘खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए पनि जबर्जस्ती करणी सम्बन्धी मुद्दाको झुठा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई जबर्जस्ती करणी सम्बन्धी कसुर गर्ने कसुरदारलाई हुने सजायको आधा गर्नु । ’’
यसअघि पनि दफा ४४ मा सरकारवादी हुने फौजदारी मुद्दामा उजुरी दिने तथा बकपत्र गर्ने व्यक्तिले आफ्नो व्यहोरा फेरेमा बढीमा तीन महिनासम्म कैद वा पाँच हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको थियो तर जबर्जस्ती करणी मुद्दाका जाहेरवाला र बकपत्र गर्ने व्यक्तिले उजुरी गरे बापत कुनै पनि सजाय नहुने व्यवस्था थियो तर अध्यादेशले जबर्जस्ती करणका हकमा भने उजुरी गर्ने र बकपत्र गर्नेले झुठा विवरण दिए वा लेखाएमा सजायको व्यवस्था गरेको हो । झुठा जाहेरी र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेको भन्दै यस सम्बन्धी कानुन बनाउन माग भइरहेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण