शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यी ५ कारण जसले ‘हार्ट अट्याक’ को खतरा बढाउँछ

बुधबार, २४ मङ्सिर २०७७, ०९ : १२
बुधबार, २४ मङ्सिर २०७७

एजेन्सी – हृदयघातको खतराको बारेमा धेरैलाई थाहा नै छ । मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता कारणहरु नै हृदयघातको कारण बन्न सक्छन् । यस्तै, धुम्रपान, सुस्त जीवनशैली जस्ता चीजहरु हृदय रोगको खतरा बढाउँछ । त्यसैले हृदयघातको खतरा बढाउने कारणहरुबाट बच्न आफ्नो जीवनशैली परिवर्तन गर्ने गर्नुपर्छ । 

निन्द्राको कमि
निन्द्रा पुगेन भने मानिसलाई थकान, चिडचिडाहट जस्ता समस्याहरु देखा पर्न थाल्छन् । यसले हृदयघातको खतरा पनि बढाउँछ । अनुसन्धानका अनुसार ६ घण्टाभन्दा कम निदाउने व्यक्तिलाई हृदयघातको खतरा बढ्छ । साथै, कम निन्द्राले रक्तचापको समस्या पनि निम्त्याउँछ ।

माइग्रेन
माइग्रेनको समस्यामा आधा टाउको दुख्ने गर्छ । माइग्रेनपीडितहरु अन्य मानिसहरुको तुलनामा हृदयघातको खतरा धेरै हुन्छ । खासगरी, मुटुको समस्याको संकेत अत्यधिक आधा टाउको दुख्दा हुने गर्छ । 

वायु प्रदुषण
वायु प्रदुषणको स्तर बढेसँगै हृदयघातको समस्या पनि बढ्छ ।   मानिसहरु वायु प्रदुषणमा भएको अवस्थामा स्वासप्रस्वास लिँदा रगत जम्ने र मुटुको रोग लाग्ने सम्भावना बढी हुन्छ । धेरै धुलो र फोहोरमा स्वासप्रस्वास लिँदा मुटुको खतरा धेरै हुन्छ ।

दम
यदि कसैमा फोक्सोको समस्या छ भने हृदयघातको खतरा पनि ७० प्रतिशत बढी हुन्छ । दमको समस्यामा स्वास फेर्न धेरै कठिन हुन्छ । जब स्वास फेर्दा अत्यधिक कठिन हुन्छ तब हृदयघातको खतरा बढी हुन्छ । 

ज्वरो र रुघाखोकी
प्रतिरोधात्मक प्रणालीले लगातार ज्वरो र रुघाखोकीको समस्या झेलिरहेको हुन्छ । एक अध्ययनका अनुसार सास नलीमा संक्रमण हुँदा हृदयघातको खतरा दुई गुणा हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप