बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

बुधबार, २४ मङ्सिर २०७७, ११ : २४
बुधबार, २४ मङ्सिर २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।  

सोमबार सेतीप्रादेशिक अस्पतालमा कैलालीको गोदावरी नगरपालीका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको संख्या संख्या ४२ पुगेको हो । 

उनलाई कडा खालको निमोनियाको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर १५ गते भर्ना गरी उपचार भईरहेको र कोरोना परिक्षण गर्दा १६ गते कोरोना पुस्टी भएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

यसअघि  अछाम  २,  बैतडी १, बझाङ्ग ३, बाजुरा २ , डडेल्धुरा ३,दार्चुला २,डोटी १, कैलाली २१, कंचनपुर ६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  जानकारी दिए । 

यसैगरी, बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप ५९ जनामा कोरोना संक्रमण पुस्टी भएपछि सकृय संक्रमितको संख्या २ हजार १७० पुगेको छ । 

कैलालीका २४,कंचनपुरका १७ , अछामका ७,  बझाङ्गका ८, बाजुराका १, डडेल्धुराका २,  जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको  हो । 
सकृय संक्रमितमा अछाम २३१,बैतडी ९९, बझाङ्ग ३११,बाजुरा ३६, डडेल्धुरा २१२, दार्चुला २५७, डोटी १६७, कैलाली ६५४,कंचनपुर १६८ अन्यजिल्लामा ३३,अन्य देशमा २ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिँह काकी ले  बताए । 

योसंगै यस प्रदेशमा निको हुने संक्रमित संख्या पनि ९ हजार ६६३ पुगेको छ । बिभिन्न अस्पताल बाट मंगलबार १५ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ९ हजार ६६३ पुगेको उनले बताए । 

त्यसैगरी विभिन्न अस्पतालहरुमा ७० कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३०, टिकापुर १६, महाकाली ९, अछाम १०, डोटी २, र डडेल्धुरा  अस्पतालमा ३ जनाको उपचार भईरहेको छ ।
  
१ लाख २१ हजार ७०२ नमुना जाच मध्य ११ हजार ८७५ जनामा संक्रमण फेला परेको छ भने १ लाख ९ हजार  ८२७ नमुनामा भने नेगेटिभ आएको छ । अझै ४ सय ४१  नमुनाको नतिजा आउन बाँकी रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप