सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
सोमबार सेतीप्रादेशिक अस्पतालमा कैलालीको गोदावरी नगरपालीका–२ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको संख्या संख्या ४२ पुगेको हो ।
उनलाई कडा खालको निमोनियाको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर १५ गते भर्ना गरी उपचार भईरहेको र कोरोना परिक्षण गर्दा १६ गते कोरोना पुस्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
यसअघि अछाम २, बैतडी १, बझाङ्ग ३, बाजुरा २ , डडेल्धुरा ३,दार्चुला २,डोटी १, कैलाली २१, कंचनपुर ६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
यसैगरी, बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप ५९ जनामा कोरोना संक्रमण पुस्टी भएपछि सकृय संक्रमितको संख्या २ हजार १७० पुगेको छ ।
कैलालीका २४,कंचनपुरका १७ , अछामका ७, बझाङ्गका ८, बाजुराका १, डडेल्धुराका २, जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको हो ।
सकृय संक्रमितमा अछाम २३१,बैतडी ९९, बझाङ्ग ३११,बाजुरा ३६, डडेल्धुरा २१२, दार्चुला २५७, डोटी १६७, कैलाली ६५४,कंचनपुर १६८ अन्यजिल्लामा ३३,अन्य देशमा २ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिँह काकी ले बताए ।
योसंगै यस प्रदेशमा निको हुने संक्रमित संख्या पनि ९ हजार ६६३ पुगेको छ । बिभिन्न अस्पताल बाट मंगलबार १५ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ९ हजार ६६३ पुगेको उनले बताए ।
त्यसैगरी विभिन्न अस्पतालहरुमा ७० कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३०, टिकापुर १६, महाकाली ९, अछाम १०, डोटी २, र डडेल्धुरा अस्पतालमा ३ जनाको उपचार भईरहेको छ ।
१ लाख २१ हजार ७०२ नमुना जाच मध्य ११ हजार ८७५ जनामा संक्रमण फेला परेको छ भने १ लाख ९ हजार ८२७ नमुनामा भने नेगेटिभ आएको छ । अझै ४ सय ४१ नमुनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण