नेपाली भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र जनता एक हुनुपर्छः मोहन वैद्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राखेका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुगेका नेता वैद्यले आज बिहान क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताए ।
अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए । सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यले राखे । पार्टी पूर्वी ब्यूरोको बैठक आज नै उदयपुरको सदरमुकाम गाईघाटको सिटीहलमा बस्ने पार्टी प्रदेश नं १ का इञ्चार्ज मीनकुमार राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण