सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिनमा ५३३ को मृत्यु, १६ हजार बढी संक्रमित

बुधबार, २४ मङ्सिर २०७७, २३ : ५०
बुधबार, २४ मङ्सिर २०७७

लन्डन । बेलायतमा पछिल्लो  २४ घन्टामा थप ५३३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जनाएको छ । हिजो २४ घन्टामा ६१६ जनाको मृत्यु भएकोमा आज उक्त संख्यामा केहि कमी आएको हो । बुधबार साँझसम्मको तथ्याँकअनुसार अहिलेसम्म कोरोनाका मृत्यु हुनेको कूल संख्या ६२ हजार ५५६ पुगेको छ ।

यसैगरी कोरना संक्रमितको संख्यामा पनि अघिल्लो दिनको तुलनामा झन्डै चार हजारको सङ्ख्यामा वृद्धि भएको छ ।पछिल्लो २४ घन्टामा थप १६ हजार ५७८ जना नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन संक्रमितको संख्या १२ हजार २८२ रहेको थियो । यससँगै बेलायतमा कूल संक्रमितको संख्या १७ लाख ६६ हजार ८१९ पुगेको स्वास्थ्य विभागले जनाएको छ ।

संक्रमणदर र मृत्युदर  बढेसंगै दैनिक हस्पिटल भर्ना हुनेकोरोना संक्रमित को संख्यामा पनि कमि एको छैन । बितेको २४ घन्टामा एक हजार ४५९ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २७२ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । बेलायतका हस्पिटलमा अहिले १५ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भैरहेको छ ।

पछिल्लो तथ्याँकअनुसार लन्डनमा कोरोना संक्रमण दर बढ्दै गएको बताइएको छ । लन्डन अहिले कोरोना संक्रमणको मापदण्ड अनुसार ‘टीयर टु’ अन्तर्गत  पर्दछ । तर,  आगामी डिसेम्बर १६ मा गरिने पुनरमूल्याँकनका आधारमा ‘टीयर थ्री’ अर्थात  उच्च जोखिम मा जान सक्ने सम्भावना रहेको  बताइएको छ ।

टीयर थ्री’ अन्तर्गत परेको  खण्डमा पव तथा रेष्टुरेन्ट लगायतका सम्पूर्ण  हस्पिटालिटी व्यवसायहरु बन्द हुनेछन् ।  तर, टेकअवे व्यवसाय भने सञ्चालन हुनेछन । संक्रमण दर नियन्त्रणमा नआएको खण्डमा लन्डनमा पूर्ण रुपमा लकडाउन हुन सक्ने पब्लिक हेल्थ विज्ञहरुले चेतावनी दिएका छन् ।  

डिसेम्बर ८ मंगलबार बेलायतमा कोरना विरुद्धको भ्याक्सिन वितरण कार्यक्रम शुरु भएको छ । अर्को हप्तादेखि स्थानीय जीपीबटा पनि क्खोप उपलब्ध गराउने तयारि भैरहेको समाचार माध्यमले  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप