लुम्बिनी प्रदेशिक अस्पतालका मेसुले कोरोना संक्रमणको अनुभूतिबारे निकाले गीत
बुटवल । संसारका सबै मान्छेमा आफ्नै प्रतिभा हुन्छ । पेशा जे जस्तो अपनाए पनि सृजना गर्ने क्षमता पनि आ आफ्नै हुन्छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालले जब कोरोना संक्रमित बन्न पुगे अनि उनलाई गीत सृजना गर्ने वतावरण बन्यो । दुग्भायलाई उनले अवसरमा बदले ।
रात दिन बिरामीको सेवामा समर्पित चिकित्सक जव आफैमा कोरोना संक्रमित भएर विस्तरामा लखतरान पर्दछन् तव उनीहरुको दिमाखमा खेल्ने शब्द, बिरामीका पीडाको अनुभूती र भोलीको भविष्यबारे आउने सोंचलाई समेटेर गीतको सृजना गरेका छन् ।
संक्रमणले छटपटाइरहेका कोरोना संक्रमितका पीडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको आज एक कार्यक्रम गरि बुटवलमा सार्वजनिक गरिएको छ । पीडा र आशा वोकेको म्युजिक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको जस्तै म्युजिक उतारिएको छ ।
बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई शब्दमा उनेर डा. खनालले कारुणिक सिर्जना गरेको पाइन्छ । डा. खनालका अनुसार वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजिक भिडियो रहेको छ । जसलाई आजबाट युट्युव च्यानलमा हेर्न सकिने छ । ।
डा.खनालले आफु पनि संक्रमित बनेको र यहाँ अस्पलातमा पनि सेवा आएका भावनाहरु गीत बनेर निस्केको बताए ।
कार्यक्रममा अस्पतालका पूर्व मेसु डा.कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीयहरु निकै नकारात्मक रुपमा हेरेको स्मरण गरे । उनले घरको गेटमा बाहिरबाट ताला लगाउनेसम्मका कामले कोरोना प्रभावितलाई हेर्न दिष्टीकोण समाजमाा कस्तो छ प्रस्ट पारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण