भारतको पपुलर डान्सर अस्ताद देबुका निधन
मुम्बई । भारतका पपुलर डान्सर अस्ताद देबुका निधन भएको छ । ७३ बर्षका देबुको निधनको समाचार उनको परिवारले सामाजिक संजाल मार्फत बाहिर ल्याएका हुन् । उनी केही समयदेखि बिरामी रहेका थिए ।
नृत्यका कारण देबुले हजारौ फ्यान तथा साथीको दिलमा स्थान बनाएका थिए । शास्त्रीय र आधुनिक नृत्यका लागि उनको निधन ठुलो क्षति हो ।
देबुका जन्म १३ जुलाई १९४७ मा भएको थियो । उनले पुरानो र आधुनिक शैली मिलाएर नृत्यको एक नयाँ शैली तयार गरेका थिए । ७० बढी देशमा उनले एकल, सामुहिक र युगल नृत्य प्रस्तुति दिएका छन् ।
नृत्यको क्षेत्रमा योगदानको कारण उनलाई १९९५मा ‘संगीत नाटक अकादमी’ पुरस्कार दिइएको थियो । २००७मा उनलाई ‘पद्यश्री’बाट पनि सम्मान गरिएको थियो ।
उनले बलिउड फिल्म निर्देशक मणिरत्नम, विशाल भारद्धजका फिल्म तथा एमएफ हुसैनकी फिल्म ‘मीनाक्षी ः ए टेल अफ थ्री सिटीज’मा कोरियोग्राफी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण