बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन

बिहीबार, १८ असार २०८३, २१ : ४९
बिहीबार, १८ असार २०८३

काठमाडौँ । अनिल बुढा मगरको निर्देशन रहने चलचित्र `रातो घेरा – द रेड सर्कल´ को शुभ मुहूर्त गरिएको छ । बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा कलाकार तथा पत्रकारकाे उपस्थितिमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । चलचित्रको छायाङ्कन असार २५ गतेदेखि सुरु हुनेछ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने चलचित्रको निर्माण विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको हो। अधिकांश छायाङ्कन काठमाडौँ उपत्यकामा गरिने चलचित्र आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने छ।

निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्रले सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । चलचित्रका निर्माता जीवन गुरुङ हुन्।

चलचित्रका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन्। सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन्। फिल्मको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन्।

वितरण अधिकार काठमाडौँमा काफीया फिल्म्स का गोविन्द शाही र काठमाडौँ बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन्। फिल्मका लेखक राजु स्याङ्तान हुन् भने छायाङ्कन शिशिर बिसंखेले गर्नेछन् ।

निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन्।

चलचित्रमा दयाहाङ र मिरूनाकाे अलवा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईँ, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारहरूको अभिनय रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?