नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
काठमाडौँ । नेपाल र चीनबिच लगानी र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले चीनमा ‘नेपाल–चीन लगानी तथा व्यावसायिक कार्यक्रम २०२६’ सम्पन्न भएको छ ।
चीनस्थित नेपाली दूतावास, चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् र चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दुई देशका सम्भावित लगानीकर्ता र व्यावसायिक प्रतिष्ठानहरूबिच अनुभव आदान प्रदान भएको बताइएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सको द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाङले यो कार्यक्रम द्विपक्षीय सहयोगका अवसरहरू पहिचान गर्न अत्यन्त उपयोगी भएको बताए । उद्योगीहरूको व्यावहारिक माग अनुरूप लक्षित आर्थिक तथा व्यापारिक साझेदारीका लागि यो कार्यक्रमले एक विशिष्ट र उच्चस्तरीय मञ्च प्रदान गरेका उनले बताए ।
चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको र हालैका दिनमा विभिन्न सुधारका प्रयासहरू गरिएको बताए । चिनियाँ उद्यमीलाई नेपालको ‘हाई–भ्यालु, लो–वेट’ र ‘वेटलेस’ लाई आपूर्ति शृङ्खलामा जोड्न उनले आग्रह गरे नेपालका विभिन्न क्षेत्रमा रहेका अवसरहरूको फाइदा उठाउन उनले चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।
दूतावासकी पार्वती अर्यालले नेपालमा व्यापार तथा लगानीका अवसर र नीतिहरू विषयमा आफ्नो प्रस्तुति दिएकी थिइन् । नेपालमा लगानीको समग्र सुशासन ढाँचा, हालैका नीतिगत सुधारका उपायहरू, सम्भावित क्षेत्रहरू र विभिन्न आयोजनाहरूका बारेमा प्रकाश पार्दै उनले चिनियाँ सहभागीहरूलाई नेपालमा लगानी सम्भावनालाई सदुपयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेपालमा काम गरिरहेका दुई चिनियाँ व्यावसायिक प्रतिनिधिहरूले आफ्नो अनुभव सुनाएका थिए । चिनियाँ उद्यमीहरूलाई नेपाली बजारमा सफल हुनका लागि परियोजना पूर्वको राम्रो योजना बनाउन, स्थानीय रूपमा उपयुक्त र अनुकूलन प्रविधिहरू अपनाउन, नवीन वित्तीय स्रोतहरू खोज्न, स्थानीय सञ्चालनलाई सुदृढ गर्न र न्यून कार्बन विकासको अवधारणालाई अवलम्बन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली र चिनियाँ उद्यमीहरूबिच ‘बिजनेस–टु–बिजनेस’ म्याचमेकिङ बैठक समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल निर्यात परिषद्, नेपाल हस्तकला महासङ्घ, नेपाल जडीबुटी उत्पादक सङ्घ, तयारी पोसाक उद्योगलगायत विभिन्न क्षेत्रका नेपाली व्यवसायीहरूको टोली चीन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण