प्राकृतिक विपद्मा परेर ४६२ जनाको मृत्यु
झापा। नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परेर ठुलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् ।
तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। उनले प्राधिकरणमा देशभरबाट कुल सात हजार ९८९ वटा विपद्का घटना दर्ता भएका बताउनुभयो । ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राकृतिक विपद्का कारण दुई हजार १७८ जना घाइते भएका छन् भने १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । पहिरोका घटनामा परी ७३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बाढीका २८९ घटनामा ३२ जनाको ज्यान गएको छ भने सात जना बेपत्ता भएका छन्।
यसैगरी ४०१ वटा चट्याङका घटनामा ३७ जनाको मृत्यु भएको छ भने २४४ जना घाइते भएका प्रवक्ता महतले जानकारी दिइन् । उनका अनुसार सर्पदंशका कारण ७०, जनावर आतङ्कबाट ५९ र लेक लागेर ५१ जनाको ज्यान गएको छ ।
प्रवक्ता महतले हावाहुरीका कारण १८, भारी वर्षाका कारण नौ, हिउँपहिरोमा परी सात र डुङ्गा पल्टिँदा दुई जनाको ज्यान गुमाएको जानकारी दिइन् । यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल रु दुई अर्ब छ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण