शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

शुक्रबार, २६ मङ्सिर २०७७, १५ : ३९
शुक्रबार, २६ मङ्सिर २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ ।  सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप