बिहारका विद्यार्थीको ‘दाबी’ : आफू इमरान र सन्नीको छोरा !
बिहारको एक कलेजका विद्यार्थीले आफ्नो एडमिट कार्डमा बुवाको नाममा बलिउड अभिनेता इमरान हासमी र आमाको नाममा सन्नी लियोनी उल्लेख गरेका छन् । धनराज महतो डिग्री कलेजमा बीए दोस्रो वर्षमा अध्ययनरत २० वर्षीय कुन्दन कुमारले सो दाबी गरेका हुन् ।
सो एडमिड कार्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस दाबीबारे सन्नी लियोनीले पनि प्रतिक्रिया जनाएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘ठूलो सपना देख्ने बाटोमा, हाहा..... ।’ गत हप्ता इमरान हास्मीले पनि यसबारे प्रतिक्रिया जनाउँदै ‘भगवान कसम, मेरो बच्चा होइन’ भन्ने प्रतिक्रिया दिएका थिए ।

उक्त एडमिट कार्डबारे थाहा पाएपछि बाबसाहेब भीमराओ अम्बेडकर विहार विश्व विद्यालयका अधिकारी नै आश्चर्यचकित छन् । कुन्दनले बुवा र आमा भनेर इमरान र सन्नीको नाम लेख्नुका साथै आफू बस्ने स्थानमा चतुरभुज स्थान लेखेका छन् । रोचक कुरा, यो एक रेड लाइट क्षेत्र हो ।
‘हामीले यस विषयमा छानबिन गर्न भनेका छौँ । यो पक्कै पनि विद्यार्थीको मजाक हो र यसका लागि उनी नै जिम्मवार देखिन्छन् । छानविनको रिपोर्टको आधारमा आवश्यक कारवाही गरिनेछ,’ विश्वविद्यालयका रजिस्ट्रार राम कृष्ण ठाकुरले भने ।
बादशाओ चलचित्रका लागि एक आइटम गीतमा इमरान र सन्नीसँगै देखिएका थिए । त्यसयता उनीहरुले एकै चलचित्रमा काम गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण