टाउको तथा मुखमा धारिलो हतियार प्रहार गरी क्रुर तरिकाले महिलाको हत्या
आइतबार, २८ मङ्सिर २०७७, ०९ : ५१
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ ।
चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रुर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण