बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जना पक्राउ
काठमाडौँ । बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली घर भएका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकमा अवैध रुपमा यार्सागुम्बाको खरिद बिक्रीको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुको साथबाट अवैध रुपमा ८६७ ग्राम यार्सागुम्बा लुकाईछिपाई राखेको अवस्थामा फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोधपुछ गर्दा यार्सागुम्बाको कारोबार तथा खरिद बिक्री गरेको कागजात नभएको पाइएको काठमाडौँ प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि डिभिजन वन कार्यालय शात्तिसारको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण