शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

एयरपोर्टमा खस्यो नायिका जुही चावलाको हिराको झुम्का, भेट्नेलाई दिनेछिन् इनाम

सोमबार, २९ मङ्सिर २०७७, ०९ : ४१
सोमबार, २९ मङ्सिर २०७७

नायिका जुही चावलाले आफ्नो हिराको झुम्का एयरपोर्टमा हराएको ट्वीटरमार्फत् जानकारी दिइन् । 

जुहीले आफ्नो यो झुम्का भेटाउने व्यक्तिलाई उचित इनाम दिने घोषणा पनि गरिसकेकी छिन् । 

जुहीले आफ्नो ट्वीटमा भनेकी छिन्, ‘बिहान म मुम्बई एयरपोर्टको गेट नम्बर ८ मा जाँदै थिएँ । इमिरेट्स काउन्टमा मैले चेक इन गरेँ, सेक्युरिटी चेक भयो तर बीचमा कतै मेरो हिराको झुम्का खस्यो  । 

जुहीले थपिन्, ‘यदि कसैले मेरो मद्दत गर्न सक्नुभयो भने मलाई निकै खुसी लाग्नेछ । तपाईंले प्रहरीले खबर गरिदिनुहोस्, म तपाईंलाई इनाम दिनेछु । यो मेरो म्याचिङ पिस हो जसलाई मैले विगत १५ वर्षदेखि लगातार लगाइरहेकी छु । कृपया खोज्न मेरो मद्दत गर्नुहोस् ।’

यो लामो पोस्टसमा जुहीले उक्त हिराको झुम्काको फोटो पनि सेयर गरेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप