आगलागीबाट एक करोड बराबरको क्षति
सोमबार, २९ मङ्सिर २०७७, ११ : ३४

सर्लाहीको हरिवन नगरपालिकामा गए राति कपडा गोदाममा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।
वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
गए राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो ।
घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै