अत्यधिक जाडोले तराईको जनजीवन प्रभावित
सिरहा । अत्यधिक जाडोले सिरहासहित तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको सदरमुकाम सिरहासहित तराईका जिल्लामा विगत तीन दिनदेखि एकाएक बढेको जाडोले जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेको छ । जाडोका कारण सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाको जनजीवन अस्तब्यस्त बनेको छ ।
जाडोले खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न तराइवासीहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको गोलबजार व्यापार सघका अध्यक्ष भारत अग्रवालले बताए ।
जिल्ला अस्पताल सिरहामा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । जिल्ला अस्पतालमा दैनिक ९० देखि ९५ जना बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल सिराहाका मेसु डा नागेन्द्रप्रसाद यादवले जनाए ।

अस्पतालमा दम, निमोनिया, कोल्ड डायरीया, झाडापखालाका बिरामीको संख्या बढिरहेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । विगतका वर्षहरुमा जिल्लाका विभिन्न स्थानमा स्थानीय सरकार तथा प्रशासन, विभिन्न संघसंस्थाले दाउरा उपलव्ध गराए पनि कोरोना महामारीका कारण यस वर्ष कसैले त्यस्तो सहयोग गरेका छैनन् ।
जिल्ला विपद् व्यवस्थापन सिरहाले आपतकालीन अवस्थाका लागि केही कम्मल र न्यनो कपडाको व्यवस्था मिलाए पनि १७ स्थानीय तह रहेको सिरहामा हालसम्म कुनै स्थानीय तहले जाडोबाट जोगाउन पूर्वतयारी नगरेको स्थानीय समाजसेवी रामचन्द्र महतोले बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलका अनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्वतयारीका लागि परिपत्र गरिसके पनि हालसम्म कुनै स्थानीय तहले कुनै जनाकारी नदिएको बताए । सिरहामा जाडोबाट प्रत्येक वर्ष १० देखि १२ जनाको मृत्यु हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण