कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन
–जीवन खत्री
सउल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए ।
उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले यहाँका स्थानीय समाचार माध्यमलाई जानकारी दिए । एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए ।
उनले एकसठ्ठीऔंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए । बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए । ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो । दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण