तालिवान लडाकुको आक्रमणमा ६ सुरक्षा अधिकारी मारिए
सोमबार, २९ मङ्सिर २०७७, १६ : ४१
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा ६ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताएका छन् ।
कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ । यस आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
आक्रमणको बेला भएको यस दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट २५० किलो मिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस आक्रमणको कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण