नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ ।
नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी २० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने छन् ।
ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् । आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी २० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ ।
पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन् । ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई दुई टोली टी २० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक