फिल्म छायाँकन खोल्ने सरकारको तयारी
काठमाडौं । कोरोनाको कारण बन्द भएको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । सरकारले फिल्म क्षेत्र खोल्ने निर्णय नगरेपनि चलचित्र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले भने पुस १० गतेबाट चलचित्र हल सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तैमा सरकारले फिल्म छायाँकनका लागि भने अब खुल्ला गर्ने भएको छ । सरकारले आउँदो पत्रकार सम्मेलनमा फिल्म छायाँकन खुल्ला भएको घोषणा गर्ने तयारी गरेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फ कार्यसमिति सदस्य आकाश अधिकारी बताए ।
फिल्म क्षेत्र खोल्ने विषयमा हालै उपप्रधानमन्त्री एवम् सिसिएमसीका संयोजक ईश्वर पोखरेल र सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङसँगको भेट गरेका अधिकारीले भेटमा फिल्म छायाँकन खोल्ने जानकारी दिएको बताए । अधिकारीले भेटका तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै सरकारले फिल्म छायाँकन खोल्न लागेको र चलचित्र हल खोल्ने बिषयमा सरोकारवाला संघ–संस्थासँग छलफल गरेर खोल्ने जानकारी प्राप्त भएको बताएका छन् ।
१० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गर्ने पनि उपप्रधान र सञ्चारमन्त्रीले आश्वासन दिएको उनले स्टाटसमा उल्लेख गरेका छन् । भेटमा अधिकारीका साथ अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए । सरकारले फिल्म छायाँकनका लागि आधिकारिक रुपमा अनुमति दिने तयारी गरेपनि विगत केही महिनायता केही निर्माता निर्देशक भने सरकारको निर्णय अवज्ञा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायाँकन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण