अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलतः प्रवक्ता श्रेष्ठ
मङ्गलबार, ३० मङ्सिर २०७७, १८ : ०१
काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मंगलबरा ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको जनाएका छन् । उनले मंगलबार आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिबेसन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।
‘तसर्थ अध्यादेश तत्काल फिर्ता हुनुपर्दछ’, उनले भनेका छन् । श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको पनि प्रस्ट पारेका छन् । आफ्नो नीजि विचार भन्दै उनले भोलीको स्थायी समिति बैठकमा छलफल होला भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण