अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलतः प्रवक्ता श्रेष्ठ
मङ्गलबार, ३० मङ्सिर २०७७, १८ : ०१

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मंगलबरा ल्याएको अध्यादेश सार यसअघि जारी गरेर फिर्ता गरिएको अध्यादेश भएको जनाएका छन् । उनले मंगलबार आफ्नो फेसबुक पेजमार्फत अहिले सत्तारुढ दलको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिबेसन बोलाउने समय नजिक आएका बेलामा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।
‘तसर्थ अध्यादेश तत्काल फिर्ता हुनुपर्दछ’, उनले भनेका छन् । श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको पनि प्रस्ट पारेका छन् । आफ्नो नीजि विचार भन्दै उनले भोलीको स्थायी समिति बैठकमा छलफल होला भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमणमा लर्को
-
विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
विद्युत् व्यापार गर्न निर्देशिका बनाउँदै सरकार
-
राज्य व्यवस्थाको प्रतिवेदन हुबहु पारित भए कर्मचारीलाई राजीनामा दिएर संवैधानिक नियुक्तिमा बन्देज
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता