नेप्सेमा गिरावटः ६ अर्बको कारोवार
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५.७५ बिन्दुले घटेर २०६१.४१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ ले घटेर ३८७.४२ मा ओर्लेको छ ।
कूल २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर रु छ अर्ब छ करोड ९३ लाख ३१ हजार ६८७ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारका आधारमा बजार पूँजीकरण रु २७ खर्ब ६३ अर्ब ६५ करोड ५६ लाख बराबर पुगेको छ । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ०.०८, लघुवित्त ५९.५९ र जीवन बीमा ५१.७९ बिन्दुले उकालो लागेको छ ।
यस्तै, व्यापार ५४.५६, होटल २०.५४, विकास बैंक २४.१४, जलविद्युत् १८.८५, वित्त ६.१९, निर्जीवन बीमा ८१.९६, उत्पादन ११५.१३, अन्य १८.८९ र सामूहिक जीवन बीमा ०.०७ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५२ करोड ३८ लाख २६ हजार ७५६ बराबरको कारोवार भएको छ ।
यस्तै, पुनःबीमा कम्पनी रु ३६ करोड आठ लाख २७ हजार ४८०, नेपाल बैंक लिमिटेड रु २२ करोड ६३ लाख ९६ हजार ४३४, नबिल बैंक रु २० करोड एक लाख ११ हजार ६८४, एनआइसी एशिया बैंक रु १९ करोड १९ लाख ७४ हजार, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ११ लाख ७६ हजार ६०४ र शिवम् सिमेन्ट रु १७ करोड २० लाख ६५ हजार ५४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, कारोवारका आधारमा उन्नति सहकार्य लघुवित्त ९.९८, सामहुली सामुदायिक लघुवित्त ९.९८, गुराँस लघुवित्त ९.९८, ग्लोबलअ आइएमई लघुवित्त ९.९४ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८३ प्रतिशतले कमाए । त्यस्तै, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.७६, सिन्धु विकास बैंक ४.२२, सन्राइज फस्ट म्युचुअल फण्ड ३.८०, नेपाल हाइड्रो ३.८० र शिखर इन्स्योरेन्सका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण