पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको प्रतिक्रिया
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन्। विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताएका छन् ।
राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताएका छन् । राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ ।
विश्वका प्रमुख नेताहरुमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुन् । । सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्नेगरी औपचारिक रुपमा मतदान गरेको थियो । तर अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनले रुस विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा पनि कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडेनले पुटिन समेतका विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताउँदै आएका थिए ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप छ, जसले ट्रम्पलाई विजयी हुन मद्दत गरेको थियो । यसैबीच, अमेरिकी इलेक्टोरल कलेजको मतदानबाट राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी भएका छन् । बाइडेनले ३०६ तथा राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गरेका छन् ।
यो मतदानसँगै अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । इलेक्टोरल मतबाट निर्वाचित भएसँगै बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको अभिमतलाई उपेक्षा गरेकामा आपत्ति जनाएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण