नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने
बिहीबार, ०२ पुस २०७७, १० : ४८
काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश समेत गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको हो ।
प्रस्तावित लाभांशलाई राष्ट्र बैङ्कले स्वीकृत गरेर साधारणसभाबाट अनुमोदन गराएपछि वितरण गर्न योग्य हुनेछ । हाल नेपाल बैङ्कको चुक्ता पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । यसमध्ये बैङ्कले १ अर्ब ८० करोड रुपैंया बराबरको लाभांश दिन लागेको हो । यसमध्ये ४५ करोड रुपैयाँ नगद लाभांश हुनेछ भने बाँकी बोनस शेयर हुनेछ । यो लाभांशपछि बैङ्कको चुक्ता पुँजी १२ अर्ब ६३ करोड भन्दा माथ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण