रौतहटमा कटुवा पेस्तोलसहित एक जना पक्राउ
शुक्रबार, ०३ पुस २०७७, ०९ : २१
रौतहटमा एकजना युवक अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका-४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
टोलीले दुर्गाभगवती गाउँपालिका वडा नं.५ झाँजपुल स्थितमा चेकजाँच गर्ने क्रममा BR.30M-4841 नं.को ग्यालेम्बर मोटरसाईकल चालक वर्ष २५ को दिलिप साहले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा 3.50 कटुवा पेस्तोल साथै कटुवामा लगने गोली एक राउण्डसहित नियन्त्रणमा लिएको हो ।
यस घटनाको थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिए ।
दुईदिन अघिमात्र कटहरिया नगरपालिका १ बगहिमा एकजना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण