रौतहटमा कटुवा पेस्तोलसहित एक जना पक्राउ
शुक्रबार, ०३ पुस २०७७, ०९ : २१

रौतहटमा एकजना युवक अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका-४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
टोलीले दुर्गाभगवती गाउँपालिका वडा नं.५ झाँजपुल स्थितमा चेकजाँच गर्ने क्रममा BR.30M-4841 नं.को ग्यालेम्बर मोटरसाईकल चालक वर्ष २५ को दिलिप साहले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा 3.50 कटुवा पेस्तोल साथै कटुवामा लगने गोली एक राउण्डसहित नियन्त्रणमा लिएको हो ।
यस घटनाको थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिए ।
दुईदिन अघिमात्र कटहरिया नगरपालिका १ बगहिमा एकजना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय