चीनमा कोभिडविरुद्धको खोप सर्वसाधारणका लागि छिट्टै खुला गरिँदै
एजेन्सी । चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने यहाँका स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । चिनियाँ राज्य सञ्चालित समाचार संस्थाकाअनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोभिड खोप कार्यक्रम आगामी बर्षको सुरूमा सञ्चालन गर्ने योजना बनाएका छन् । यद्यपि केन्द्र सरकारले यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन ।
चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा खोप सेवा सीमित राखिने छ ।
चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन ।
सिचुवानका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो विदापछि फेब्रुवरीमा सर्वसाधारणको प्रयोगका लागि खुला गरिने सङ्केत गरे । बिहीबार अगावै करिब एक लाख १८ हजार मात्रा खोप सिचुवान आइपुगेको र सबै उच्च जोखिम समूहहरूलाई फेब्रुअरी ५ सम्ममा सबै उच्च जोखिममा रहेका समूहलाई खोप दिइसकिनेछ भने लगत्तै बाँकी जनसङ्ख्यामा खोप कार्यक्रम अघि बढाइने योजना रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
चीनमा कोरोनाभाइरस गत वर्षको अन्तमा पहिलोपल्ट पत्ता लागेको थियो । चीनमा ठूलो मात्रामा नियन्त्रणमा ल्याइएको छ यद्यपि यहाँ पटक पटक स्वदेशभित्रै सङ्क्रमितहरूको श्रृंखला देखिएको थियो । सिचुआनलाई हालैको हप्ताहरूमा पनि कोभिड–१९का साना समूहहरू देखा परेका थिए । शुक्रबार पनि सिचुवानमा एक व्यक्तिलाई कोभिड–१९ भाइरस सङ्क्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण