उर्मिला मातोन्डरकले ट्रोलिङमाथि रिस पोख्दै भनिन्, ‘मेरा श्रीमानलाई आतंककारी पकिस्तानी भनियो’

नायिका उर्मिला मातोन्डर हाल ठूलो पर्दाबाट टाढा छिन् तर सोसल मिडियामा आफ्नो बयान र राजनीतिमा प्रवेशको विषयमा उनी चर्चामा छाइरहन्छिन् । उर्मिलालाई धार्मिक पहिचानको विषयमा ट्रोल्सको निशाना बनाइयो । उर्मिलाले हालै सोसल मिडियामा श्रीमान् मोहसिन अख्तर र उनको परिवारमाथि भएको ट्रोलिङमाथि कुराकानी गरेकी छिन् । उर्मिलाले केही उद्दण्ड तत्वले विकिपिडियामा उनले सन् २०१६ मा कश्मिरी व्यवसायी तथा मोडल मोहसिन अख्तर मीरसँग विवाह गरेर इस्लाम धर्म अपनाएको भन्ने जानकारी पटक पटक सम्पादित गरेको दाबी गरिन् । उनका अनुसार उनको परिवारसमेतको नाम परिवर्तन गरियो ।
बलिउडबाट राजनीतिमा प्रवेश गरेकी उर्मिला मातोंडकरले हालै मोजो स्टोरीसँगको विशेष कुराकानीमा आफू मोहसिन खान र उनको परिवारको ट्रोलिङका लागि तयार नभएको बताएकी छिन् । नायिकाले भनिन्, ‘उनलाई (मोहसिन) आतंकवादी र पाकिस्तानी भनियो । हरेक कुराको एउटा सीमा हुन्छ । केही मानिसहरुले विकिपिडियामा छेडछाड गरे र त्यहाँ मेरा आमा–बुवाको नाम परिवर्तन गरेर अहमद र शिविन्दर सिंह राखियो । यी दुई मानिसहरु भारतमा कतै न कतै त बस्छन् होला । मेरो आमाको नाम सुनिता मातोंडकर हो र बुवाको नाम श्रीकान्त मातोंडर हो ।’
उर्मिलाले उक्त कुराकानीमा आफ्ना श्रीमानबारे पनि कुराकानी गरेकी छिन् । उनका अनुसार उनका श्रीमान् मुश्लिम मात्रै होइनन् कश्मिरी मुश्लिम हुन् । आफूहरुले आ–आफ्नो धर्मलाई समान रुपमा अनुसरण गर्ने पनि उनले बताइन् । उनले भनिन्, ‘ती मानिसहरुल मेरा श्रीमान् र उनको परिवारलाई ट्रोल गर्नका लागि प्लेटफर्म पाए, जसलाई म दुर्भाग्यपूर्ण मान्छु ।’
उर्मिला मातोंडकर भन्छिन्, ‘मलाई लाग्छ कि संवेदनशीलता एक महिलाको सबैभन्दा बलियो बिन्दुमध्ये एक हो । ममा त्यो सहानुभूति, करुणा र संवेदनशीलता छ जसले मलार्य एक महिला बनाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी