बलिउड फिल्म निर्माता परवेश सी मेहराको निधन
शनिबार, ०४ पुस २०७७, १९ : ०७
मुम्बई । बलिउड फिल्मका निर्माता परवेश सी मेहराको निधन भएको छ । ७१ बर्षिय मेहराको शुक्रबार निधन भएको हो । कोरोनाको कारण उनको निधन भएको बलिउड मिडियाले जनाएका छन् ।
करिव एक महिनादेखि उनी कोरोना भाइरस संक्रमणबाट पिडित रहेका थिए ।
मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको उपचार भैरहेको थियो । उपचारको क्रममा उनको शुक्रबार साँझ ४ निधन भएको हो । मेहराले राम जाने, चमत्कार, प्यार के दो पल, अशान्ति, शिकार जस्ता कयौ सुपरहिट फिल्म निर्माण गरेका छन् । उनको निधन प्रति बलिउडका हस्तिहरुले शोक ब्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण