चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
चितवन । जिल्लामा पालिएका दुई लाख २० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइएको छ । यो एकप्रकारको मोर्बिल्लो भाइरसको सङ्क्रमणका कारण लाग्ने रोग हो ।
पशुसेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक, आँखाबाट सिँगान बग्ने, निमोनिया भएजस्तो हुने, श्वस फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्नेजस्ता लक्षण देखिने उनले बताए ।
यो रोग सुरुमा तीनदेखि पाँच दिनमा देखिन्छ र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्छन । रोग नियन्त्रणका लागि कार्यालयले हरेक वर्ष बाख्रामा पिपिआरविरुद्धको खोप दिँदै आएको छ ।
सङ्क्रमित बाख्राको जुठो, नाकबाट निस्कने सिँगानबाट, आँसुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरूमा रहेका भाइरसबाट सङक्रमण फैलिने भएकाले आवश्यकताअनुसार सचेत रहनुपर्नेमा प्रमुख डा.न्यौपानेले जोड दिए । यसका साथै खानेपानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि सङ्क्रमण फैलिनसक्ने उनले बताए ।
जिल्लामा अहिले तीन लाख बाख्रा पालिएका भन्दै तीमध्ये दुई लाख २० हजारलाई खोप लगाइएको प्रमुख डा.न्यौपानेले जानकारी दिए । व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानले जैविक सुरक्षाको विधि अवलम्बन गर्न उनले सुझाव दिए ।
उनका अनुसार पिपिआर सङ्क्रमणले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामान जलाउने वा गाड्ने गर्नुपर्दछ । यस रोगबाट बचाउनका लागि तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेँडाबाख्रालाई प्रत्येक दुई वर्षमा यस रोगविरुद्ध खोप लगाउनु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण