दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
सारांश
- आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल असार २१ मा अमेरिका जाँदैछन् ।
- उनीहरू संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजना हुने प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुनेछन् ।
- मन्त्रिपरिषद्ले आईजीपीद्वयको मात्र भ्रमण स्वीकृत गरेको छ ।
काठमाडौँ । आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जाँदैछन् । असार २१ मा दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । मन्त्रिपरिषद्ले यसअघि नै आईजीद्ववयको भ्रमण स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
युएन (संयुक्त राष्ट्रसङ्घ)को प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीद्ववय अमेरिका प्रस्थान गर्न लागेका हुन् । युएनका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलन जुलाई ७ देखि ९ सम्म हुँदैछ ।
हरेक वर्ष हुने सम्मेलनमा यसअघि सङ्गठन प्रमुखसँगै प्रधान कार्यालयस्थित युएन शाखाका प्रमुख र आईजीका स्टाफ अधिकृत जाने अभ्यास थियो । राष्ट्रसङ्घले सङ्गठन प्रमुख सहित दुई जनाको लागि निमन्त्रणमा पनि पठाउने गरेको थियो ।
यस पटक निमन्त्रणा आएको भए पनि मन्त्रिपरिषद्ले आईजीद्ववयको मात्र भ्रमण स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने ‘सङ्गठन प्रमुखको मात्र भ्रमण स्वीकृत भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण