आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

समृद्ध नेपाल निर्माणका लागि हातेमालो गर्न एनआरएनए क्यानाडासँग ढकालको आग्रह

आइतबार, ०५ पुस २०७७, १३ : २७
आइतबार, ०५ पुस २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्ध नेपाल निर्माणका लागि हातेमालो गर्न गैर आवासीय नेपाली संघ, क्यानाडाका एनआरएनसँग आग्रह गरेका छन् । एनआरएनए क्यानाडाको १३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

सो अवसरमा ढकालले विदेशमा रहेर आर्जन गरिएको ज्ञान, सीप, अनुभव र स्रोतलाई नेपाल भित्र्याउन एनआरएनसँग आग्रह गर्दै लगानी र प्रतिफलको सुनिश्चिता सहित वातावरण तयार गर्न निजी क्षेत्रको तर्फबाट सहकार्य गर्न आफूहरु तयार भएको बताए । 

‘अब देश विकासमा सबै, सबै क्षेत्रबाट अग्रसर र हातेमालो गर्न आवश्यक छ । यसमा एनआरएनको भूमिका पनि अहम् रहनेछ भन्ने मैले बुझेको छु । समृद्ध नेपाल निर्माणको सहकार्यमा अब एनआरएनको पनि हातेमालो हुनुपर्छ ।’ 

वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘तपाईहरु आउनुहोस्, यहाँ लगानीको वातावरण बनेको छ । नयाँ संविधानको निर्माण र मुलुक संघीय प्रणालीमा गइसकेपछि धेरै पुराना नीति नियमहरु परिवर्तन गरिएका छन् । हरेक स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन र विदेशी लगानी भित्र्याउन पहल गरेका छन् ।

ढकालले थपे, ‘तपाईहरु आउनुस् लगानीको वातावरण बनाउन र प्रतिफलको सुनिश्चित गर्न महासंघ तयार छ । हामी तपाईहरुसँग हातेमालो गर्न तयार छौं’ ढकालले भने । 

त्यसो त अहिले पनि केही आयोजना तथा परियोजनाहरुमा महासंघ र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच सहकार्य हुँदैआएको छ । कोभिड–१९ पछि शिथिल भएको नेपाली अर्थतन्त्र उकास्न अझ एनआरएनसँगको सहकार्य महत्वपूर्ण हुने महासंघले अपेक्षा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप