समृद्ध नेपाल निर्माणका लागि हातेमालो गर्न एनआरएनए क्यानाडासँग ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्ध नेपाल निर्माणका लागि हातेमालो गर्न गैर आवासीय नेपाली संघ, क्यानाडाका एनआरएनसँग आग्रह गरेका छन् । एनआरएनए क्यानाडाको १३औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
सो अवसरमा ढकालले विदेशमा रहेर आर्जन गरिएको ज्ञान, सीप, अनुभव र स्रोतलाई नेपाल भित्र्याउन एनआरएनसँग आग्रह गर्दै लगानी र प्रतिफलको सुनिश्चिता सहित वातावरण तयार गर्न निजी क्षेत्रको तर्फबाट सहकार्य गर्न आफूहरु तयार भएको बताए ।
‘अब देश विकासमा सबै, सबै क्षेत्रबाट अग्रसर र हातेमालो गर्न आवश्यक छ । यसमा एनआरएनको भूमिका पनि अहम् रहनेछ भन्ने मैले बुझेको छु । समृद्ध नेपाल निर्माणको सहकार्यमा अब एनआरएनको पनि हातेमालो हुनुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘तपाईहरु आउनुहोस्, यहाँ लगानीको वातावरण बनेको छ । नयाँ संविधानको निर्माण र मुलुक संघीय प्रणालीमा गइसकेपछि धेरै पुराना नीति नियमहरु परिवर्तन गरिएका छन् । हरेक स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन र विदेशी लगानी भित्र्याउन पहल गरेका छन् ।
ढकालले थपे, ‘तपाईहरु आउनुस् लगानीको वातावरण बनाउन र प्रतिफलको सुनिश्चित गर्न महासंघ तयार छ । हामी तपाईहरुसँग हातेमालो गर्न तयार छौं’ ढकालले भने ।
त्यसो त अहिले पनि केही आयोजना तथा परियोजनाहरुमा महासंघ र गैर आवासीय नेपाली संघ (एनआरएन) बीच सहकार्य हुँदैआएको छ । कोभिड–१९ पछि शिथिल भएको नेपाली अर्थतन्त्र उकास्न अझ एनआरएनसँगको सहकार्य महत्वपूर्ण हुने महासंघले अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण