संसद विघटन गर्ने निर्णय संविधान र प्रजातान्त्रिक मूल्य-मान्यता विपरितः राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघठन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेको ठहर गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको ठहर गरेको हो । बैठकले मन्त्रिरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानले नगरेको दाबी गर्दै सत्तारुढ दलभित्रको आन्तरिक विवाद र विग्रहका कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको निश्कर्ष निकालेको छ ।
संसद विघटनले प्रजातान्त्रिक मूल्य र मान्यतालाई गम्भीर क्षति पुर्याएको जनाउँदै बैठकले उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निर्णयको विरोध र भत्र्सना समेत गरेको छ । बैठक पछि जारी विज्ञप्तिमा सो पार्टीले राष्ट्रपतिले राष्ट्र प्रमुखको तटस्थ भूमिकालाई फेरि एक पटक विवादास्पद तुल्याउनुभएको दाबी गर्दै भनिएको छः ‘प्रतिनिधिसभाको विघटनको पछिल्लो घटनाक्रममले २०६२/०६३ पछि अबलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको छ । परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमी कमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण