के सभामुखले विशेषाधिकार प्रयोग गरेर संसद अधिवेशन आह्वान गर्लान् ?
काठमाडौं । अनायासै संसद विघटन भएपछि सभामुख अग्नी सापकोटा कानुनी परामर्शमा जुटेका छन् ।
आइतबार सरकारको सिफारिसमा राष्ट्पतिबाट संसद विघटनको घोषणा भएसँगै सापकोटा कानुनी परामर्शमा जुटेको उनको नीजि सचिवालयले जनाएको छ ।
सापकोटा निकट स्रोतका अनुसार उनी संसदको विशेषधिकार प्रयोग गर्दै संसद अधिवेशन आह्वान गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा विज्ञहरुसँग छलफल र परामर्शमा जुटेका हुन् ।
नेपाको संविधानको धारा १०३ मा रहेको संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था प्रयोगका बारेमा उनले छलफल गरिरहेको बुझिएको छ ।
के छ संविधानको १०३ धारामा ?
नेपालको संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ, ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’
यही व्यवस्था अनुसार सभामुखले आफ्नो विशेष अधिकार प्रयोग गर्न सक्ने–नसक्ने भनेर कानुनी परामर्श भइरहेको बुझिएको छ । यसबारे कानुनविदका समेत फरक–फरक धराणा आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण