शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दुःखदायी रह्यो बलिउडका लागि वर्ष २०२०, संसारबाट बिदा भए यी सेलिब्रेटी

बुधबार, ०८ पुस २०७७, १५ : ३५
बुधबार, ०८ पुस २०७७

 

 

वर्ष २०२० बलिउडका लागि दुःखदायी हुन पुग्यो । केही बलिउडका हस्ती र कलाकारको यो वर्ष निधन हुन पुग्यो । २०२० मा संसरबाट बिदा भएका बलिउडका हस्ती, जसको यहाँ चर्चा गर्न खोजिएको छः 

इरफान खान 
बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनय क्षमता पुर्याउन सफल अभिनेता इरफानको गत २९ अप्रिलमा निधन भएको थियो । 
 

ऋषि कपुर 
ऋषि कपुरको निधन ३० अप्रिलमा भएको थियो । वरिष्ठ अभिनेता कपुरले क्यान्सरसँगै जिन्दगीको लडाइँ हारेका थिए ।

वाजिद खान 
गीतसंगीतबाट लाखौँको मनमुटुमा बसेका संगीतकार वाजिद खानको निधन १ जुनमा भएको थियो ।

सुशान्त सिंह राजपुत 
अभिनेता सुशांत सिंह राजपुतको मृत्युले बलिउड हल्लिएको थियो । उनले १४ जुनमा आत्महत्या गरेका थिए ।

सरोजा खान 
बलिउडका हरेक स्टारलाई आफ्नो इशारामा नचाउने चर्चित कोरियोग्राफर सरोजाको ३ जुलाइमा निधन भएको थियो । 

सुरमा भोपाली अर्थात जगदीप साहेब 
८१ वर्षका सुरमा भोपालीले ८ जुलाइमा अन्तिम सास लिएका थिए ।

समिर शर्मा 
‘लेफ्ट राइट लेफ्ट’, ‘कहानी घर घरकी’, ‘ज्योती’लगायत कयौँ हिट श्रृंखलाका अभिनेता समीर शर्मा ५ अगष्टमा मृत भेटिएका थिए ।

आसिफ बसरा 
आसिफ बसराले १२ नोभेम्बर आत्महत्या गरेका थिए । उनले बलिउडका कयौँ हिट फिल्ममा काम गरेका छन् ।

शफीक अन्सारी 
मे १० मा शफीकको निधन भएको थियो । उनी क्यान्सरबाट पीडित थिए ।

सचिन कुमार 
सिरियल ‘कहानी घर घरकी’मे देखिएका अभिनेता सचिन कुमारको मे १५ मा हृदयघातको कारण निधन भएको थियो । ४२ वर्षका सचिन अक्षयकुमारको आफन्त थए ।
अमोस 
अभिनेता आमिर खानको सहयोगी समेत रहेका अमोसले १२ मेमा अन्तिम सास लिएका थिए । करिब २५ वर्ष आमिरका साथ काम गरेका उनको हृदयघातको कारण निधन भएको थियो ।

अभिजित 
शाहरुख खानको रेड चिलिज इन्टरटेनमेन्ट कम्पनीका एक महत्त्वपूर्ण सदस्य अभिजितको १५ मेमा निधन भएको थियो । रेड चिलिजले ट्वीटर मार्फत निधनको जानकारी दिएको थियो ।

मनमीत ग्रेवाल 
टिभी अभिनेता मनमीत ग्रेवालले १६ मेमा आत्महत्या गरेका थिए । ३२ वर्षीय अभिनेता लकडाउनमा काम बन्द भएपछि तनावमा रहेका थिए । 

मोहित बघेल 
अभिनेता तथा कमेडियन मोहित बघेलको निधन २३ मेमा भएको थियो । उनी लामो समयदेखि क्यान्सर विमारीसँग लड्दै आएका थिए । उनको उमेर २७ वर्षमात्रै थियो । 

योगेश गौर 
बलिउडमा एक से एक हिट गीत दिएका गीतकार योगेश गौरले २९ मेमा यो संसारबाट बिदा लिएका थिए । उनको निधनले बलिउडमा ठूलै झड्का लागेको थियो ।

साई गुन्डेवर 
‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्मका अभिनेता साईको १० मेमा निधन भएको थियो । उनको निधन अमेरिकामा भएको थियो । उनी ब्रेन क्यासरबाट पीडित रहेका थिए ।

निशिकान्त कामत 
‘मुम्बई मेरी जान’ फिल्मका निर्देशक निशिकान्त कामतले १७ अगस्टमा संंसारबाट बिदा लिएका थिए । ५० वर्षीय अभिनेताको कलेजोमा समस्या थियो ।

एस.पी बालासुब्रमण्यम 
एस.पी बालासुब्रमण्यमका निधन २५ सेम्बेटम्बरमा भएको थियो । उनको निधन कोरोनाको कारणले भएको हो । उनले सलमान खानको कयौँ फिल्मका गीत गाएका छन् ।

निम्मी 
बलिउडकर्मी निम्मीका वास्तविक नाम नवाव हो । उनको निधन ८८ वर्षको उमेरमा भएको थियो ।

आशीष राय 
सिरियलका अलवा कयौँ फिल्ममा समेत अभिनय गरेका अभिनेता आशीष रायको गत नोभेम्बरमा मिर्गौलाको समस्याका कारण निधन भएको थियो ।

दिब्य भटनागर 
अभिनेत्री दिब्य भटनागरको ७ डिसेम्बरमा निधन भएको थियो । कोरोनाको कारण उनको निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप