मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा ५० करोड बढी वयस्क ‘ओभरवेट’, के हो कारण ?

बिहीबार, ०९ पुस २०७७, ११ : २५
बिहीबार, ०९ पुस २०७७

चीनको एक आधिकारिक रिपोर्टका अनुसार चीनमा वयस्कको जनसंख्याको आधा अर्थात् ५० करोड बढी मानिसहरु ओभरवेट अर्थात् बढी तौल भएका छन् ।

सन् २००२ पछि यो आँकडामा अत्यधिक वृद्धि भएको छ । त्यतिबेला त्यहाँ २९ प्रतिशत मानिसहरु ओभरवेट थिए ।

हालैका दशकमा चीनमा तीब्र रुपमा भएको आर्थिक उन्नतीका कारण मानिसहरुको जीवनशैली, खानपिन र व्यायामको बानीमा परिवर्तन भएको छ ।

अक्टोबरमा चिनियाँ सरकारले मोटोपनासँग जुध्नका लागि योजना बनाइएको बारे जानकारी दिएका थिए ।

मोटोपनाका कारण विभिन्न रोगको खतरा बढ्ने गर्छ, जस्तै मधुमेह, स्ट्रोक र मुटुरोग ।

मोटोपनाको समस्या यसकारण पनि केन्द्रमा छ किनभने कोरोना महामारीसँग सम्बन्धित खतराबाट थाहा हुन्छ कि मोटोपनाद्वारा ग्रसित मानिसहरुमा कोभिड–१९ को गम्भीर लक्षण र मृत्युको खतरा बढी हुन्छ ।

बुधबार नेशनल हेल्थ कमिशनको रिपोर्टमा पत्ता लागेअनुसार ५० प्रतिशत बढी वयस्कलाई ओभरवेटको श्रेणीमा राखिएको छ । यीमध्ये १ट.४ प्रतिशत मानिसहरु मोटोपनको समस्यासँग जुधिरहेका छन् ।

मानिसहरुले शारीरिक गतिविधि कम गरेका कारण उनीहरुमा मोटोपनाको समस्या भएको रिपोर्टमा बताइएको छ । एक चौथाईभन्दा कम मानिसहरु हप्तामा एकदिन मात्रै व्यायाम गर्छन् ।

बढ्दो तौलको अर्को एक कारण माछामासुको सेवन पनि हो । मानिसहरु फलफूलको सेवन निकै कम गरिरहेका छन् ।

हार्बिन शहरमा न्यूट्रिशनिष्ट वांग डेनले एएफपी न्यूज एजेन्सीसँगको कुराकानीमा देशमा थुप्रै वयस्कले कम व्यायाम गर्ने गरेको र दबाबमा रहने र उनीहरुको काम गर्ने घण्टा पनि सही नभएको बताएका छन् ।

चीन मात्रै एउटा यस्तो देश हो जहाँ हालै मोटोपनाद्वारा ग्रैसित मानिसहरुको वा ओभरवेट व्यक्तिहरुको संख्या बढेको छ ।

यो वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनले सन् १९७५ पछि संसारमा मोटोपनाको स्तर तीन गुणा बढेको जसमा कम र मध्यम आय भएका देश पनि समावेश भएको जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०१६ मा कम्तीमा ४० प्रतिशत मानिसहरु ओभरवेट थिए र १३ प्रतिशत मानिसहरु मोटोपनाद्वारा ग्रसित थिए ।

कतारजस्तो सानो खाडी मुलुक पनि सबैभन्दा प्रभावित देशमध्ये एक हो जहाँ ७० प्रतिशतभन्दा बढी मानिसहरु ओभरवेट छन् वा मोटोपनाको समस्यासँग जुधिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप