मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

काँग्रेसद्वारा संसद विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने घाेषणा

बिहीबार, ०९ पुस २०७७, १५ : ३१
बिहीबार, ०९ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विराेध प्रदर्शन घाेषणा गरिएकाे उनकाे भनाइ छ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडल पक्षकाे जाेडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान  तयार भएका हुन् ।

आज बिहान बसेकाे पाैडेल पक्षीय केन्द्रीय सदस्यकाे भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । त्यही अनुसार आजकाे बैठकले आन्दोलनमा जाने निर्णय लिइएकाे बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप